Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 15, 2024 समाज

सन्दीपको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका हुन् ।

आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो ।