३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बंगलादेशका सांसदको भारतमा हत्या- टुक्रा पारे शव नहरमा, सुन तस्करीसँग जोडियो

१४ जेष्ठ २०८१, सोमबार ०७:३०

जेठ १४, काठमाडौँ । भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।

यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ । टुक्रा पारिएको शवलाई नहरलगायत धेरै ठाउँमा फालिएको दाबी गरिएको छ । २ दिनअघि पक्राउ परेका आरोपी जिहाद हवलदारले सोधपुछका क्रममा यो कुरा स्वीकार गरेका छन् ।

यसैबीच, बंगलादेशको गुप्तचर अधिकारीहरूले सांसद अनवरुलले आफ्नो अमेरिकी साथी र आरोपी मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करीको र्याकेट चलाउने गरेको अधिकारीहरूले आशंका गरेका छन् ।

यस अन्तर्गत उनीहरु दुबईबाट बंगलादेश हुँदै भारतसम्म सुनको ओसारपसार गर्ने गर्दथे । गत वर्ष अख्तरुज्जमान र बंगलादेशी सांसदले पैगम्बरमा थप हिस्सेदारीको लागि आग्रह गरे, जसले उनीहरूबीच विवाद मच्चियो । केही समयपछि अख्तरज्जमानले अनवरुल एक्लैले करिब ८० करोड भारु बराबरको सुनको तस्कर गरिरहेको थाहा पाएको बताइएको छ ।


त्यसपछि अख्तरुज्जमान र अनवरुलबीचको मित्रतामा दरार आयो । बंगलादेश प्रहरीले अन्वारुलको हत्यामा थप प्रभावशाली व्यक्तिको नाम पनि हुनसक्ने आशंका व्यक्त गरेको छ । रिपोर्टका अनुसार उनलाई मार्ने योजना फेब्रुअरी र अप्रिलको बीचमा बनाइएको थियो ।

हत्या गरी अमेरिका भागेका अभियुक्त अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलको सहयोग लिने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बंगलादेश प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता प्रस्थान गरेका छन् । यहाँ उनीहरूले आरोपी जिहादसँग सोधपुछ गर्नेछन् ।

यसअघि शनिबार सीआईडीले गिरफ्तार अभियुक्त जिहाद हवलदारलाई उद्धृत गर्दै अनवरुल फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो । उनलाई बेहोस बनाउन क्लोरोफर्मको प्रयोग गरिएको थियो । यसपछि उनको सिरानीको सहाराले हत्या गरिएको उनले बयानमा बताएका थिए । त्यसपछि अभियुक्त जिहादले कसाईको चक्कु र ब्लेडको सहायताले उनको शरीरलाई टुक्रा पारेको थियो । रिपोर्टका अनुसार अभियुक्तहरूले शरीरका टुक्राहरूलाई प्लास्टिकको झोलामा भरेर सुटकेसमा लुकाएर लगेको सीआईडीले जनाएको छ ।

अन्वारुल मे १७ मा बेपत्ता भएका थिए । यसैबीच बंगलादेश सरकारले सांसद अनवरुलको हत्या भएको घोषणा गरेको थियो । त्यसपछि मे २२ मा फरेन्सिक टोली फ्ल्याट पुग्यो। यहाँ जुत्ताको छेउमा र ड्राइंग रुममा रगतको दाग भेटिएको थियो ।

यसैबीच, फ्ल्याट बाहिरको सीसीटीभी फुटेज पनि बाहिर आएको थियो । जसमा जिहाद हवलदारसहित दुई जना अभियुक्तलाई प्लाष्टिकको झोला र सुटकेस बोकेको देखियो । अनवारुल उपचारका लागि मे १२ मा कोलकाता आएका थिए । भोलिपल्ट दिउँसो १: ४१ बजे डाक्टरलाई भेट्न आग्रह गरेपछि उनी त्यहाँबाट निस्किएका थिए ।

बेलुका उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताए । त्यसयता उनी बेपत्ता थिए । प्रहरीले यस विषयमा हनी ट्र्याप कोणबाट पनि अनुसन्धान गरिरहेको छ । यसअघि मे २३ मा प्रारम्भिक अनुसन्धानमा सीआईडीले बंगलादेशी सांसदको हत्या उनका अमेरिकी साथी अख्तरुज्जमानले गरेको बताएको थियो । यसका लागि ५ करोड भारुको सुपारी दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने