२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेट खेलाडीलाई युरो पेन्ट्सको प्रोत्साहन, प्रतिरन ३००, प्रतिविकेट ३ हजार पुरस्कार

२०८१, २१ जेष्ठ सोमबार ११:४५

 जेठ २१,  काठमाडौं । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको छ । 

जसअनुसार खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक चौकामा १ हजार, छक्कामा ३ हजार तथा अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ । 

यस्तै विकेट लिएको खण्डमा प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । 


यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख र विश्वकपमै जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ । विश्वकप अन्तरगत नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्सविरुद्ध खेल्दै छ । 

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले युरो पेन्ट्स उत्पादन गर्दै आएको छ । ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ युरो पेन्ट्सले विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युरो पेन्ट्सका विभिन्न उत्पादनहरू लोकप्रिय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो