Skip to content
Friday, July 17, 2026 Nepali Online Media
June 11, 2024 समाज

मोटरसाइकल चोरीमा संलग्न एक जना काठमाडौं कपुरधाराबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २९, काठमाडौं । </b>मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका-३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;&nbsp;<br></p><p>काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो ।&nbsp;</p><p>उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको जनाएको छ ।&nbsp;&nbsp;</p>