Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 17, 2024 समाज

अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ३, मुग्लिन । </b>पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो।<br></p><p>पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्।</p>