Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 18, 2024 समाज

रौतहटबाट अबैध खयरको डमरु बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ४,  रौतहट | डिभिजन वन कार्यालय रौतहटले अवैध तरिकाले जङ्गलमा खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको छ ।

जिल्लाको गैंडाटार सबडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा अवैध रूपमा डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेशिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएकाछन ।

गैडाटार सव वन डिभिजन कार्यालयका रेन्जर विकास लामिछाने ,सहायक वन अधिकृत नवनित कुमार मिश्र ,मधुकान्त सिह र सशस्त्र वन रक्षकको टोलिले बहुमुल्य जातको खयरको रुख काटेर डमरु बनाउदै गरेको अवस्थामा तयारी डमरू ,खयरको गोलिया ,डमरु बनाउने मेशिन बरामद गरेको हो । वन गस्ती टोलिलाई देख्ना साथ डमरु बनाउने काममा संलग्न हरु भने फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिएकाछन ।

रौतहटको वनमा रहेको बहुमुल्य खयरका रुख काटेर बनाईने डमरु बौद्ध धर्मावलम्बीले महंगोमा खरिद गर्ने भएका कारण यसको तस्करी बढेको छ ।