२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मामाको योजनामा भाञ्जाको घरबाट २ करोड लुटपाट

२०८१, ११ असार मंगलवार ०९:४०

असार ११,  काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले ३५ वर्षीय राउतको घरबाट लुटपाट गर्ने चारजनालाई पक्राउ गरेको हो । उनीहरूले गत असार ४ मा लुटपाट गरेका थिए । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सोही ठाउँकै ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा, ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राई छन् । 


पक्राउ परेका चारजनालाई कार्यालयको टोलीले मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेका थिए । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् ।

यसरी बुनेका थिए लुटपाटको योजना

घटनाको अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा टोली खटाएको थियो । दिउँसै भएको घटनालाई कार्यालयको टोलीले विशेष प्रविधि विश्लेषण गरेर अनुसन्धान गरेको थियो । सोही कारण घटनाको एक हप्तामै प्रहरीले लुटपाटमा संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा लुटपाट घटनामा मुख्य योजनाकार डिल्लीबहादुरकै मामा कुलबहादुर खत्री रहेको खुलाएको छ । डिल्ली र कुलबहादुर दुवै वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने गरेको खुलेको छ । 

डिल्लीबहादुरको घरमा करोडौँ रुपैयाँ रहेको सूचना कुलबहादुरले सुजनलाई सुनाएका थिए । विभिन्न आपराधिक गतिविधिमा सक्रिय सुजनलाई उक्त सूचना पुगेपछि भने लुटपाटको योजना बन्यो । 

त्यसका लागि सुजनलाई कुलबहादुरले डिल्लीको घरसमेत देखाए । सोही योजनामा सुजनले सिन्धुपाल्चोकका भीमलाई सामेल गराए । भीममार्फत मुनाराज र प्रहरी हवल्दार बोहरा सुजनसँग जोडिए । चारजनाको भेटपछि भने उनीहरूले प्रहरी नै बनेर घरभित्र जाने योजना बनाए । घरभित्र खानतलासी गरेर रकम लुटपाट गर्ने योजना उनीहरूले बनाए । 

प्रहरीका अनुसार लुटपाटअघि भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एन्ड पिज्जा पोइन्टमा बसेर चारैजनाले लुटपाटको योजना बनाएको खुलेको छ । त्यसपछि भने उनीहरू खुकुरीसहित दिउँसो १ बजे डिल्लीबहादुरको घरमा पुगेका थिए । आफूहरू सीआईबीकै प्रहरी भएको बताएर दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् । कुलबहादुर भने हाल फरार छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो