पढ्न करिब 1 मिनेट लाग्छ

असार २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले जिबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फूलमालाले स्वागत गर्ने बताए।

‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं,’ उनले भने, ‘अरू केही गर्नु पर्दैन।’

सहकारीको बचत ठगी प्रकरणमा जोडिएका राई फरार छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई ७२ घन्टामा पत्ता लगाउँछु भनेर लामिछानेले भनेको र सबैले पत्याएर भोट हाले पनि सरकारमा बसेको १२४ दिनसम्म हत्यारा पत्ता नलगाएको शाहीले बताए।

फाइल खोल्न लागेपछि सरकार ढालेको गृहमन्त्री लामिछानेले अभिव्यक्ति दिएको भन्दै उनले भने, ‘अझै ७ दिन छ। फाइल खोलौं। यहीबाट पक्राउ गरेर जेल हालौं, हामी साथ र समर्थन गर्छौं। खोल्नुस् न फाइल कसले रोकेको छ? आज पनि सरकार छ। जनतालाई कति भ्रममा पार्ने हो?’