Skip to content
Friday, July 17, 2026 Nepali Online Media
July 12, 2024 समाज

पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २८, पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेका छन् ।