Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 19, 2024 समाज

त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ४, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सुन संकलन गरेर लैजान लागेको अवस्थामा ५२ ग्राम पहेँलो धातुको बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई ९–९ हजार रुपैयाँ दिएर भन्सार छली गरेको सुन साहेवले अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियामा संकलन गरेका हुन् ।

आरोपीहरुलाई कानुनी कारबाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।