पढ्न करिब 2 मिनेट लाग्छ

साउन ६, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन्।

बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कांग्रेसले खबरदारी नगरे सरकार निरंकुश बन्न सक्ने आशंका व्यक्त गरे।

उनले भने, ‘आज कांग्रेस सम्मिलित सरकार बनेको हुँदा तपाईँहरू खुसी हुनुहुन्छ । राम्रो काम गर्ला भन्ने लागेको छ । तर, भोलि के हुन्छ तपाईँ हामी सोचिरहेका छौँ । यो टिक्छ त भनेर । त्यस्तो अवस्थामा यो सरकार गइरहेको छ । यसलाई रोक्न हामीले निर्वाचन प्रणालीमा सुधार ल्याउन सक्नुपर्छ । मिश्रित प्रणालीमा गइरहने भए चुनावमा मिलेर गएको दलसँग पाँच वर्ष मिलेरै जानुपर्छ। अरू देशको उदाहरण हेरौँ न । हामी ठूलो दल छौँ अहिले ३२, कहिले ७७ सीटले नेतृत्व लिइराखेको छ। हामीले सकेका छैनौँ। त्यतातिर पनि ध्यान पुर्याउन जरुरी छ। कांग्रेसको पालोपछि आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ।’

सरकारले जनभावना विरोधी काम चुप बस्न नहुने बताए।

उनले थपे, ‘दुई ठूला दल मिलेपछि हामी गल्ती र कमजोरी गर्ने छुट छैन। हामी सरकारले गरेको गलत कामको खबरदारी गरिरहन्छौं। दुई ठूला दल मिलेपछि निरंकुतातिर गयो भने के गर्ने ? त्यसैले सरकारलाई सचेत गराउनुपर्छ। सात बुँदे सहमति भन्नुभएको त्यो कार्यान्वयन गर्नुपर्छ। ओलीले सुशासन कायम गरेर जनतामा आशा फर्काउन सक्नुपर्छ।’