६ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला एसिया कप क्रिकेट : चामरीको कीर्तिमानी ब्याटिङसँगै श्रीलंकाले मलेसियालाई हरायो

७ श्रावण २०८१, सोमबार १२:०४

साउन ७,  काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न खेलमा टेस्ट राष्ट्र श्रीलंकाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मलेसियामाथि एक सय ४४ रनको सजिलो जित हात पारेको छ ।

समूह ‘बी’ मा लगातार दुई जितसँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । मलेसिया भने लगातार दोस्रो हारसँगै उपाधि होडबाट बाहिरिएको छ । मलेसिया आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग २२ रनले पराजित भएको थियो ।

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयोजक राष्ट्र श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १९.५ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो ।


श्रीलंकाका लागि ओपनर ब्याट्र चामरी आथापाथ्थुले अविजित एक सय १९ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी चामरीले केवल ६९ बलको सामना गरी सात छक्का र १४ वटा चौका पनि प्रहार गरेकी थिइन् ।

चामरी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी पनि बनेकी छन् । यसअघि तान्जिनियाकी फातुमा ओमारी किबासु र संयुक्त अरब इमिरेट्स (यूएई)की एसा ओजाले मात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक बनाउन सकेका थिए ।

विकेटकिपर ब्याटर अनुष्का सञ्जिवनीले पनि टोलीको खातामा ३१ रन थपिन् । उनले केवल २४ बलको सामना गरी चार चौका पनि हिर्काइन् । हर्षिथा सामराबिक्रमाले पनि २६ रन बनाइन् । उनले २३ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । मलेसियाकी बलर विनिफ्रेड दुराइसिंगमले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाका कुनै पनि ब्याट्र लामो समय क्रिजमा टिक्न सकेनन् । एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । अन्य ब्याट्सरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आइना नजवाले अविजित नौ रन बटुलिन् ।

श्रीलंकाली टोलीकी बलर साशिनी जिमहानीले तीन विकेट लिइन् । कविसा दिलहरी र काव्या काबिन्दीले पनि दुई–दुई विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’ भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन विद्यालयका प्रधानाध्यापक मृत भेटिए बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह