Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 25, 2024 समाज

यसै वर्ष विवाह गर्ने तयारीमा थिए को-पाइलट सुशान्त

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १०, काठमाडौँ । सौर्य एयरलाइन्सका को-पाइलट सुशान्त कटुवाल यसै वर्ष विवाह गर्ने तयारीमा थिए। मोरङको विराटनगर- ३ का स्थायी वासिन्दा कटुवाल पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका एकमात्र छोरा हुन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा परेर अन्य १७ यात्रुसँगै २८ वर्षीय कटुवाले पनि संसार छाडेका छन्।

‘ओमबहादुर सरका एक छोरा र एक छोरी थिए। सुशान्तकी बहिनी अस्ट्रेलियामा छिन्,’ विराटनगर महानगरपालिका- ३ का वडाध्यक्ष वासु बस्नेतले भने, ‘बुवा–आमा छोरीलाई भेट्न अस्ट्रेलिया गएको बेला यता जहाज दुर्घटनामा ओमबहादुर सरका एकमात्र छोरा सुशान्त वितेका छन्। साह्रै दुःखद् घटना भयो।’

सुशान्त क्याप्टेन हुने लाइनमा थिए। चार वर्षअघि मात्रै क्यानाडाबाट पाइलटको कोर्स पूरा गरेर उनी नेपाल फर्किएका थिए। २ वर्षअघिदेखि उनले सौर्य एयरमा कोपाइलटको काम सुरु गरेका थिए।

सुशान्त पढाईको क्रममा विदेशमा रहँदासम्म कटुवाल परिवार विराटनगर- ३ उदयमार्गस्थित घरमै बस्थे। तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए। हाल कटुवाल परिवार भक्तपुरको राधेराधेमा डेरामा बस्दै आएका थिए। हाल ओमबहादुर सेवाबाट निवृत्त भइसकेका छन्।

‘केही वर्षदेखि उहाँहरुको विराटनगरको घर भाडामा छ। कहिले काहीँ मात्रै उहाँहरु यता आउनु हुन्थ्यो,’ वडाध्यक्ष बस्नेतले भने। ओमबहादुरका परिवार पछिल्लो समय भक्तपुरमा बस्दै आए पनि उनका धेरै आफन्त अहिले विराटनगरमै छन्।

विमान दुर्घटनामा सुशान्तको निधनले कटुवाल परिवारमा ठूलो वज्रपात परेको ओमबहादुर कटुवालका साथीसमेत रहेका सर्लाहीको ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दाहालले बताए।

‘छोरो पाइलट भएपछि कटुवाल परिवारमा खुशीयाली थियो। विवाह गर्ने तयारीमा रहेको छोराको निधनले कटुवाल परिवारमा ठूलो शोक परेको छ,’ दाहालले भने।