Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 26, 2024 समाज

पहिरोमा परी तीन किशोरीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ११, रामेछाप । </b>रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।<br></p><p>स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।</p><p>स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको बताइएको छ ।</p>