Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 26, 2024 समाज

दैलेखमा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ११, काठमाडौँ । </b>दैलेखको महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु भएको छ ।<br></p><p>शुक्रवार बाख्रा चराउन गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए ।</p><p>मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेको प्रहरी निरीक्षक मगरातीले बताए ।</p>