Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 29, 2024 समाज

व्यक्ति बेपत्ता पारेको मुद्दामा बम्जनलाई ३ लाख धरौटीमा छाड्ने आदेश

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौँ । आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो । चौतारा कारागारमा रहेका उनले धरौटी रकम बुझाउन नसकेको खड्काले जानकारी दिए ।

सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी  छुट्न सक्ने अवस्था छैन ।  यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ ।

०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो । सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो ।

महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।