Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 30, 2024 समाज

असनको धागो गोदाममा आगलागी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १५, काठमाडौँ ।</b> काठमाडौँ महानगरपालिका-२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीको भनाई छ ।&nbsp;<br></p><p>आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>