Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 5, 2024 समाज

कालोपुल घटना : पति–पत्नी छाडेर ‘लिभ–इन’ मा, सम्बन्ध बढाउने भनेपछि हत्या

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, काठमाडौँ । काठमाडौँको रातोपुलस्थित प्रहरी बिटमा आइतबार चार–पाँचजना व्यक्तिहरू अत्तालिँदै आएर भने, ‘कालोपुलमा हाम्रो मान्छेले एउटा केटाको हत्या गरेको छ, एकपटक जानुपर्ने भयो ।’

बिटमा ड्युटीमा रहेका प्रहरीले तत्काल आफ्नो कमान्डरलाई खबर गरेर घटनास्थलतर्फ हानिए । काठमाडौँ महानगरपालिका वडा नम्बर–७  कालोपुल स्थित दयालक्ष्मी श्रेष्ठको घरमा प्रहरी पुग्दा प्रेम महत दर्जी रक्ताम्मे अवस्थामा ढलिरहेका थिए ।

प्रहरी पुग्दा महतले श्वास लिन छाडिसकेका थिए । उनी ओखलढुंगाको लिखु गाउँपालिका–९ का स्थानीय हुन् ।

पछिल्लो ६ महिनादेखि २० वर्षीय प्रेम र २४ वर्षीया उषा नेपालीले त्यहाँ डेरा लिएर बस्थे । डेरा लिँदा उनीहरूले घरधनीलाई भनेका थिए– ‘हामी पति–पत्नी हौँ  ।’

प्रहरी बिटमा गएर सूचना दिनेहरूले प्रेमसँगै डेरामा बस्ने उषालाई अनुसन्धान अधिकृतहरूको सम्पर्कमा ल्याए । उनी हत्यापछि नजिकै रहेको दिदीको डेरामा पुगेकी थिइन् । घटनाबारे उनकै दिदी, भिनाजु र श्रीमान्ले खबर गरेका हुन् ।

हत्यामा संलग्न आरोपमा उषा र उनका श्रीमान् २७ वर्षीय मदन रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । तर, मदन घटना भएको बेलामा घटनास्थलमा उपस्थित नभएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लिभ–इन रिलेसनमा बस्ने उषा एक्लैले युवकको हत्या गरेको देखिन्छ ।’ हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’ भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रेमको पनि अर्कै पत्नी छिन् । वैदेशिक रोजगारीमा गएर उनी भर्खरै काठमाडौँ आएकी छन् । उता ओखलढुङ्गाबाट उषाका श्रीमान् मदन पनि काठमाडौँ आएका थिए । उषा र मदनको ५ वर्षीय छोरा छन् ।

सिफलमा डेरा लिएर छोरालाई पढाउने उनीहरूको बिचमा सल्लाह भयो । अनि, उषाले कालोपुलस्थित प्रेम महतसँगको डेराको ‘लिभ–इन रिलेसन’ तोड्न खोजिन् ।

आइतबार बिहान डेरामा यही विषयमा उनीहरूको बिचमा विवाद भएको डीएसपी थेवेले जानकारी दिए । उषाले अनुसन्धान अधिकृतहरूलाई बताए अनुसार प्रेमले भने, ‘मलाई छाडेर तिमी पुरानो श्रीमान्कहाँ कसरी जान सक्छौ ?’

सम्बन्धअघि बढाउनेबारे विवाद बढ्दै गएपछि युवकले उनलाई कुटपिट गरे, चक्कुले प्रहार गरे । प्रेमले चक्कु प्रहार गर्दा उषाले बायाँ हातले रोकिन् । उनको पाखुरामा चोट लागेको छ ।

अनि, त्यही रिसमा उनले प्रेमलाई तरकारी काट्ने बोर्ड ‘चपिङ बोर्ड’ले प्रहार गरिन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार त्यसपछि आफूलाई प्रहार गरेको छुराले नै उनले प्रेमको घाँटी र हातमा अन्धाधुन्ध प्रहार गरिन् ।

प्रेम ढलेपछि उषा दिदीको डेरामा गइन् । दिदीलाई सबै कुरा बताइन् । उनकी दिदीले घटनाबारे जानकारी गराउन ज्वाइँ मदन रम्तेललाई बोलाएका हुन् । रम्तेल केही दिनअघि पत्नीलाई खोज्दै छोरा पनि लिएर काठमाडौँमा आएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

हत्या आरोपी आफ्ना पतिलाई ढाँटेर ओलढुंगाबाट काठमाडौँमा आएर ‘लिभ-इन् रिलेसन’मा बसेकी थिइन् । उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।