2026-06-17 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परिवारसँग बिदाबारी भएर एअरपोर्ट छिरेपछि आफ्नो भिसा नक्कली रहेको थाहा पाएपछि…

 साउन २२, काठमाडौँ । वैदेशिक रोजगारमा दुबई जान लागेका चितवनका ३० वर्षीय कृष्णलाई एयरपोर्ट भित्र छिरिसके पछि आफ्नो भिसा नक्कली रहेको थाहा पाएपछि फर्किएका छन्  ।

काठमाडौंमा वेल्डिङको काम गरिरहेका कृष्णले राम्रो कमाइ नभएपछि विदेश जाने सोचाइ बनाए । वैदेशिक रोजगारीकै क्रममा दुबईमा रहेका विष्णुहरिले उनलाई मासिक ७० हजार कमाइने हुने प्रलोभन देखाएर १ लाख ४० हजार रुपैयाँ लिएका थिए । उनैले भिसा भनेर पठाइदिएको कागजातका भरमा कृष्ण विदेश जान लागेका थिए ।


कृष्णलाई एजेन्टले साउन १४ गते राति ११ बजे फ्लाइट हुन्छ भनेर भनेका थिए । योजनाबमोजिम राति करिब ८ बजे उनको बिदाइका लागि काठमाडौं आएका परिवार र आफन्तीसँग टिकाटालो गरी घरबाट गरी निस्किए । श्रीमती, छोरा, कान्छा बुबासहित साला, साली र अरु आफन्तीहरु उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मै छोड्न आए । तीन वटा ट्याक्सीमा आएका आफन्तीहरुले एअरपोर्टमै पुगेर माला र खादा लगाएर उनको बिदाइ गरे ।

परिवारसँग बिदा भएर करिब ९ बजेतिर विमानस्थल छिरे । हातमा समाएको टिकट, भिसा र पासपोर्ट देखाउँदै अघि बढे । झोला चेकिङ गरेर उनी बोर्डिङ पास लिन गए । एयरपोर्टका कर्मचारीले कागजात मागे । भिसा र टिकट हेरेपछि उनीहरु केहीबेर अक्मकिए । उनीहरुले भने, ‘तपाईंको यो टिकट र भिसा त नक्कली हो ।’

पहिलो पटक वैदेशिक रोजगारमा जान लागेका चितवनका कृष्ण आफू पनि केही ‘नर्भस’ थिए । त्यसमाथि घरपरिवार मात्रै होइन, देशै छोडेर जानुपर्दाको केही पीडा र अलिअलि कमाउन थालेपछि जीवनले सहज गति लिन्छ कि ! भन्ने आशा पनि सँगै थियो ।

तर, कति धेरै सपना बोकेर विमानस्थल पुगेकैबेला कर्मचारीले नक्कली भिसा र टिकट भन्दै फर्काइदिए । अर्थात् उनलाई विदेश पठाउने एजेन्टले भिसा भन्दै दिएको कागजात सबै नक्कली रहेछ । त्यो सुनेर भाउन्न छुटेर आयो । के गर्ने, के नगर्ने कुनै भेउ नै पाएनन् ।

दोधारे मनस्थितिमै उनले आफूलाई विदेश पठाउने एजेन्ट विष्णुहरि बर्ताैलालाई फोन लगाए । विष्णुहरि पनि कृष्णकै वडा चितवन राप्ती नगरपालिका–५ का हुन् ।

कृष्णले आँखाको आँसु पुछ्दै विष्णुहरिलाई भिसा र टिकट नक्कली भएको सुनाए । विष्णुले सुरुमा भिसा नक्कली भएको कुरा थाहा नभए जस्तै गरे । तर, उनलाई केही व्यवस्था नहुञ्जेल केहीबेर एअरपोर्टभित्रै बस्न भने । कृष्णले करिब पाँच घण्टा एअरपोर्टभित्रै कटाए । पछि त विष्णुहरि सम्पर्कमै आएनन्, फोन उठाउनै छाडे । त्यसपछि आफू ठगिएको थाहा पाएपछि रातको २ बजे एअरपोर्टबाट रुँदै निस्किए । 

परिवारसँग बिदा भएर निस्किएका उनले यस्तो होला भनेर सोचेकै थिएनन् । उनी अब के भनेर घर फर्किने भनेर सोच्नै सकेनन् र रुदै एरपोरतबत निस्किए ।

अहिले कृष्ण उनले आफूले विदेश जाँदा खर्च भएको २ लाख ४० हजार रकम फिर्ता दिन भनिरहेका छन् । भन्छन्, ‘विदेश जान्छु भनेर हिंडेको मान्छे, म रुँदै फर्कनु पर्‍यो । म चाहन्छु यस्तो फेरि कसैलाई नहोस् !’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ