2026-06-16 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल दुर्घटना : ५ कारण देखाउँदै कार्यदलले बुझायो प्रतिवेदन

साउन २२, काठमाडौँ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुई वटा बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । गृहमन्त्री लेखकले असार ३१ मा सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल बनाएका थिए ।


कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।प्रतिवेदन बुझाउँदै अध्ययन कार्यदलले सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढी नै भएको औंल्याएको छ ।

दुर्घटनाको मुख्य कारण:-

१- सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको कमजोरीको कारण २ वटा बस त्रिशूलीमा खसेको हो ।

२- सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको र दुर्घटना भएको ठाँउ दुवैतर्फको भिरालो जमिन भएको ।

३- सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको हो।

४- सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको ।

५- एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन् । ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भयो ।

यस्तै सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।

विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ