Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २२ गते, राति २:५६ बजे
चितवन - CTW

चितवन माछा मार्न गएका व्यक्ति डुबेर बेपत्ता

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, चितवन । चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । 

माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन । 

आज पनि विहानैदेखि खोजीका लागि प्रहरी टोली पठाईएको जनाईएको छ । तालमा दबदबे हिलो भएकाले हिलोमा फसेर डुबेको अनुमान प्रहरीले गरेको छ । रासस