2026-10-26 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र

2026-06-22

काठमाडौँ | चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आज दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको नेता गणेश पराजुलीले जानकारी दिए ।

निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ । आजको बन्दसत्रमा सभापति रवि लामिछानेसहित नेताहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । जसमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन,सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ र उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाको ‘अर्थ–राजनीतिक प्रस्तावना’ पेस गर्नेछन् । ती प्रस्ताव र प्रतिवेदन पारित गरेपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने