Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०८ गते, बिहान ६:४७ बजे
काठमाडौँ - KTM

यात्रुबाहक बस दुर्घटना हुँदा एघार जना घाइते

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चितवन, ८ चैत । काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ । 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२: ३० बजेको समयमा दुर्घटना भएको हो । रासस