Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २७ गते, बिहान ८:३४ बजे
समाज

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा २३ बर्षीय युवकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, विराटनगर । सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । 

कुम्वर आफैँले चलाएको को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस