Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २७ गते, बिहान ६:१७ बजे
चितवन - CTW

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, चितवन | पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी–५ फसेराका क्रिपेश महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घाइतेको अवस्था मध्यम रहेको छ । रासस