Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ०२ गते, बिहान ६:३४ बजे
चितवन - CTW

चितवनमा करेन्ट लागेर एक बालकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २ चितवन | भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ । घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाईते भएका हिम तामाङलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।