Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख २० गते, अपराह्न ३:४५ बजे
काठमाडौँ - KTM

खोलाभित्र पाइप खोज्दा जीप भेटियो, साथमा चालक सहित ३ जनाको शव !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द बोहरा | वैशाख २०, बझाङ | गएराति तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीपलाई जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका –७, सुबेडाको चौठेखोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ । 

ज्यान जानेहरुमा जीप चालक कञ्चनपुर, दोधारा चाँदनीका २८ वर्षीय रमेश चन्द, खप्तडछान्ना गाँउपालिका –२, लामातोलाका ३२ वर्षीय ओमराज बन र केदारस्युँ गाँउपालिका –१, चौडालाका २८ वर्षीय असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अविरल वर्षासँगै खोलामा बाढी आएपछि सडकमा गुड्दै गरेको जीपलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप दुर्घटना भएको कसैले पनि थाहा नपाएको र बिहान सुबेडाका स्थानीय बासिन्दाले खोलाले बगाएको पाइप खोज्ने क्रममा खोलाले जीप बगाएको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । 

त्यसपछि मात्रै जीप खोलाले बगाएको भन्ने जानकारी भएको स्थानीय बासिन्दा दीपक जोशीले बताउनुभयो ।