बाहिरियो सुन तस्करीका मुख्य नाइके गोरेले सनम सहितलाई यातना दिएको भिडियो (भिडियो हेर्नुहोस्)

Posted on: 17 May, 2018

जेठ ३, मोरङ | बहुचर्चित सुन काण्डका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सनम शाक्य लगायतलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । गोरेले उर्लाबारी–७ का सनम शाक्य, कृष्ण कार्की र उर्लाबारी–४ का मने काफ्लेलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको हो  । 

उनले तीनै जनालाई पालैपालो करेन्ड लगाउँदै यातना दिएका थिए । यातनाकै क्रममा सनम शाक्यको मृत्यु भएसँगै गोरेको सुन तस्करीका कनेक्सन बाहिर आएको थियो । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यबसायीले बिहीबारसम्म ४२ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले सुरु गरेको पाँचौ दिन बिहीबार सात जना कानुन व्यबसायीहरुले मात्र बहस गरे । अन्य दिनको तुलनामा भन्दा पाँचौ दिन कम संख्यामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गरेका हुन् । बिहीबार राजु महर्जनको पक्षमा हेमराज पन्तले बहस गरेका थिए । एलपी भन्ने लालबहादुर मगरको पक्षमा अधिवक्ता मुक्तिानाथ सुवेदी र यज्ञप्रसाद सिवाकोटीले बहस गरे । भुजुङ्ग गुरुङको पक्षमा देवी बहादुर घिमिरेले बहस गरेका थिए । 

त्यस्तै अधिवक्ता शंकर थापाले डियसपी प्रजित केसी र अमरमान डंगोलको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । पूर्व डिआइजी गोविन्द निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौला र रमेश कोइरालाले बहस गरेका थिए । उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे । यस अघि ३५ जना प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले अभियुक्तको बचाउँदै गर्दै बहस गरिसकेका छन् । बादीको तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले आइतबारदेखी थुनछेक बहस सुरु भएको हो । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तहरुको तर्फबाट ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!