Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ १८ गते, बिहान ६:०८ बजे
चितवन - CTW

चितवनमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १८, चितवन |  चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । 

रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना राति करीब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ । 

यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नंको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार छजना यात्रु घाइते भएका थिए । रासस