Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन ०७ गते, बिहान ७:५० बजे
काठमाडौँ - KTM

डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ७, चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो । उहाँले उठाउनुभएका माग जायज छ भन्दै उहाँले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उहाँको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” 

उहाँले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताउनुभयो । (रासस