Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन १८ गते, दिउँसो १२:१३ बजे
चितवन - CTW

ढुंगा खस्न थालेपछि आलोपालो सवारी सञ्चालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १८, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा तीन दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो । 

प्रहरीले बुधबार बिहानबाट ढुंगा खस्ने अवस्था हेरी पालैपालो सवारीसाधन सञ्चालन गरिरहेको छ । प्रहरी चौकी जुगेडीका प्रमुख पदम बस्ताकोटीका अनुसार बुधबार बिहान ३ बजेबाट नियमितरुपमा निगरानी राखेर पालैपालो सवारी सञ्चालन गरिएको बताउनुभयो । 

भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भित्तोको तल्लो भागमा पत्थर ढुंगा छ भने माथिल्लो भागमा माटोसहितको ढुंगा रहेको छ । 

सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर दुःख दिँदै आएको छ । सो सडक विस्तारको अन्तिम चरणमा छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ । रासस