भदौ १९, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट २० दिन अघि हराएकी १५ वर्षीय निक्की पराजुली फेला परेकी छन् ।

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।

जोशीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको बताएका छन् । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् ।

‘साथीले जाउँ भनेकाले’ आफू त्यहाँ गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् ।