निर्मला हत्या प्रकरण: आज पनि प्रदर्शन जारी

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौं । गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन ।

प्रदर्शनकारीले दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै आजपनि प्रदर्शन जारी राखेका छन् ।

शनिबारबाट देशव्यापी रुपमा प्रदर्शन सुरु भएको थियो । साँझ गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका छन् ।

उनीहरुलाई निलम्बन गरेपछि आन्दोलनमा कमिन आउने अपेक्षा गरिएको थियो । 

स्रोतका अनुसार शनिबारको आन्दोलनपछि ९ अधिकारकर्मीहरु आन्दोलनका कार्यक्रमहरुलाई कसरी अघि बढाउने वा के गर्ने भन्ने बारेमा छलफलमा छन् ।

उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!