एपिएफको प्रशिक्षकमा तामाङ नियुक्त

Posted on: 17 Sep, 2018

असोज १, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त हुनुभएको छ । 

‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उहाँलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । 

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिनुभएको हो । खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!