सुधार केन्द्रमा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

Posted on: 28 Dec, 2018

पुस १३, काठमाडौँ | बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । 

बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ  । 

‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’ 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!