माघ २९, काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाईकल पल्टिँदा गौरीघाटका २४ वर्षीय पारस थपलियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, गएको २४ घण्टामा काठमाडौ उपत्यकामा १३ सय ५५ वटा यातायात कारबाहीमा परेका छन् ।
सवारी नियम उल्लङ्घन गर्ने, धेरै यात्रु बोक्ने, जाँडरक्सी खाएर गाडी चलाउने, जथाभावी पार्किङ गर्नेलगायतका १३ सय ५५ यातायात कारबाहीमा परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाही स्वरुप घटिमा ५ सय रुपैयाँ जरिवाना तिराइएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!