Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १३ गते, बिहान ६:२२ बजे
काठमाडौँ - KTM

म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, म्याग्दी । म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।   रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी वृद्धालाई स्थानीय ३५ वर्षीय गोरे परियारले गएको शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा बलात्कार गरेको हो । 

राम्रोसँग बोल्न र हिँड्नडुलसम्म गर्न नसक्ने  वृद्धा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेउकै घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए ।

आरोपित परियारलाई शुक्रबार राति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।