विज्ञान तथा प्रविधि प्रदर्शनी

Posted on: 07 Mar, 2019

फागुन २३, काठमाडौँ | घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ । विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्ससम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए । 

काठमाडौँ उपत्यकाका केही कलेजले पनि प्रदर्शनीमा आफ्नो परियोजनामार्फत सहभागिता जनाएका थिए । उक्त प्रदर्शनी काठमाडौँ उपत्यकाका थुप्रै विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीद्वारा अवलोकन गरिएको स्कूलले जनाएको छ । कार्यक्रम अवलोकनका क्रममा माध्यमिक विद्यालयको छाता सङ्गठन हिसानका अध्यक्ष रमेश सिलवालले एसएबीले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीमा उत्पन्न हुने विज्ञानका कुतुहुलतालाई केही हदसम्म मेटाएको विचार व्यक्त गर्नुभयो । विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले एक्काइसौँ शताब्दी विज्ञानको युग भएकाले त्यससम्बन्धी दक्षता हासिल गर्न विद्यार्थी सक्षम बनून् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!