नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ | नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र  बनाउने तीन जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित काठमाडौँका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ र रामेछापका मुनालकुमार मोक्तानलाई बुधबार पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर एक थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिदसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकामाथी आवश्यक अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!