Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

२०७६, २८ असार शनिबार ०९:२८

असार २८, काठमाडौँ  । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र काभ्रेमा तीन÷तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक गरी २८ जनाको ज्यान गएको हो । काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।

साथै मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना गरी ११ जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक÷एक जना गरी १६ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय  परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश