2026-10-20 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेटमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

सोमबारको खेलमा १९५ रनको चुनौती नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले९८ बलमा अविजित रहँदै ७४ रन जोडे । इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए । दुवैबीच तेस्रो विकेटका लागि १०४ रनको साझेदारी भएको थियो । पाण्डेले दोस्रो एक दिवसीय खेलमै अर्धशतक बनाएका हुन् ।

यसअघि स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ३९ ओभर १ बलमात्र क्रिजमा टिकेर १९४ रन बनायो । ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ७३ तथा माइकल इङलिशले ७२ बलमा ५१ रन जोडे पनि टिमले उच्च योगफल जोड्न सकेन । नेपालका लागि ललित राजव‌ंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले ७३ खेलमै डेढ सय विकेट लिने कीर्तिमानसमेत रचेका छन् । सोमपाल कामी दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १ विकेट लिए । नेपालले यसअघि अमेरिकालाई ९ विकेटले हराएको थियो भने स्कटल्याण्डसँग मात्र २ रनले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ