साउन २०, काठमाण्डौ । फेरी सुनको भाउ आज पनि नेपाली बजारमा निरन्तर बढीरहेको छ | हिजोको रेकड आज बढेर फेरी तोडेको छ | अझ सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार शुक्रबार देखि बढिरहेको छ | शुक्रबार एकैदिन प्रतितोलामा ८ सय रुपैयाँ बढेर ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसपछि सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज आइतबार फेरी बढेर प्रतितोला छापावाल सुन ६७ हजार ८ सय पुगेको छ | तेजाबी सुन आज ६७ हजार ५ सयमा कारोबार भइरहेको छ |
सोमबार चाँदीको भाउ पनि बढेको छ आज प्रतितोला चाँदीको ७ सय ९५ रुपियाँ पुगेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!