सामूहिक राजीनामा स्वीकृत गर्ने व्यवस्था नमान्ने आधिकारिक ट्रेड युनियनको चेतावनी

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने कानुनी व्यवस्था राख्ने राज्य व्यवस्था  समितिको निर्णय नमान्ने चेतावनी दिएको छ  | कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्थामा आफुहरुको पूर्णरुपमा असहमति  रहेको ट्रेड युनियनले  जनाएको छ   |

सामूहिक राजीनामा आन्दोलनको एउटा प्रक्रिया भएको र आन्दोलनको प्रक्रियालाई नै रोक्ने विषयमा सहमत हुन नसकिनेउनीहरुको भनाई छ | प्रस्तावित संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२० को उपदफा ६ मा ट्रेड युनियनले मागदाबी गर्दा छलफल, वार्ताको माध्यम प्रयोग गर्नुपर्ने, त्यसबाहेक हड्ताल वा काम बन्द गर्न नपाउने प्रावधान राखिएको छ ।

तर, कर्मचारीले हड्ताल नै गर्न नपाउने भन्ने लोकतन्त्रमा नहुने आधिकारिक कर्मचारी ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटा बताउँछन् ।

‘सामूहिक राजीनामा दिने, हड्ताल गर्ने आन्दोलनको प्रक्रिया हो । लोकतन्त्रको मूल्य मान्यतामा यस्तो हुन्छ । त्यसलाई बन्देज गर्नु भनेको ट्रेड युनियनहरुलाई अस्वीकार गर्नु हो उनले भने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!