Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

केरलामा बाढीका कारण ८८ जनाको मृत्यु, ४० जना बेपत्ता

By साझासवाल

साउन २८, केरला, भारत (रासस-एएनआई)  ।  भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।