सिंगापुरमा महिला माथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली ५ महिना जेल

Posted on: 25 Sep, 2019

असोज ८, काठमाडौं | यौन दुर्व्यवहार गरेको आरोपमा नेपालि भिक्षुलाई सिंगापुरको अदालतले ५ महिनाको जेल सजाय सुनाएको छ | ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो |

दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए |  त्यसको ५ दिनपछि उनीमाथि महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो | सिंगापुरको सञ्चार माध्यमले जनाएअनुसार ती महिलाले दावालाई कपडा किन्न आग्रह गरिन् । त्यस क्रममा महिलाले विभिन्न किसिमका कपडाहरु देखाएकी थिइन् । त्यतिबेला दावाले महिलाको संवेदनशील अंगमा हात लगेको समाचारमा उल्लेख गरिएको छ |

२८ वर्षकी ती महिलाले दावाको हात समातेर चर्को स्वरमा कराएपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । अदालतले महिलासँग क्षमा मागेर क्षतिपूर्ति दिन सुनाएपछि ती महिलाले अस्वीकार गरिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!