पुस १० गते सूर्यग्रहण लाग्ने, नाङ्गो आँखाले नहेर्न सुझाव

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौँ | पुष १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ | नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ |

 ग्रहण  दुई घन्टा ४९ मिनेट लाग्ने छ |

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए | उनका अनुसार बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ |

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ | भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिने बताइएको छ |

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ | ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!