काठमाडौँबाट ८६ जना चिनियाँ नागरिक पक्राउ

Posted on: 23 Dec, 2019

पुस ७, काठमाडौँ | काठमाडौँका बिभिन्न स्थानबाट ८६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् | उनीहरुले पर्यटक भिसामा नेपाल प्रवेश गरेर गैरकानुनी क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो | 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइहरेको छ | के-कस्ता गैरकानुनी क्रियाकलापमा संग्लग्न रहेको भन्नेबारे खुलाएको छैन | 

उनीहरुको साथबाट प्रहरीले ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको छ भने पक्राउ पर्नेमा चिनियाँ नागरिक महिला पुरुष दुवै रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!