आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित शंख्या १२० पुग्यो

Posted on: 11 May, 2020

वैशाख २९, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

सरकारले हालसम्म १६ हजार ९०८ जनाको कोरोना पिसीआर परीक्षण गरेको छ भने ३३ जना संक्रमितहरु निको भईसकेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणको कारण कसैको ज्यान गएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!