हुण्डी कारोवारी पक्राउ

Posted on: 24 Jul, 2020

साउन ९, काठमाडौँ | महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई रु १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको छ ।

काठमाडौँको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले अहिले काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको हो । 

थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!