Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक ०४ गते, अपराह्न ३:३९ बजे
काठमाडौँ - KTM

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको निः शुल्क उपचार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 कात्तिक ४, वाग्मती (रासस ) : वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि ःशुल्क उपचार भइरहेको  जनाएको हो ।

प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको  मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । 

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।